‘चाडपर्वको समयमा खाद्यान्न अभाव हुँदैैन’
बजेटले करका दरहरू केही हेरफेर गरेकाले सामान्य मूल्यवृद्धि भएपनि चाडवाडका बेला हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरिने उनले बताए।काठमाडौं, भदौ ७ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व र अन्य समयमा खाद्यन्नको अभाव नहुने बताएका छन्।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नयाँ करका दरहरु हेरफेर हुँदा बजारमा मूल्यको प्रभाव परेपनि खाद्यान्न वस्तुको अभाव नहुने बताए।
‘चाडपर्वलाई विषेश लक्षित गरेर अहिलेको अत्यावश्यक र दैनिक खाद्य तथा उपभोग्य वस्तुहरुको अभाव हुनेछैन,’ उनले भने।
बजेटले करका दरहरू केही हेरफेर गरेकाले सामान्य मूल्यवृद्धि भएपनि चाडवाडका बेला हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरिने उनले बताए।
‘खासगरी चालु आर्थिक वर्षको बजेटको आसपासमा छ। बजेट आइसकेपछि बजेटका दरमा करहरु सरकारले निर्धारण गर्छ। कर निर्धारण भइसकेपछि त्यसको केही असर बजारमा जान्छ नै त्यसले गर्दा थोरै मूल्य त्यसको दबाबमा पर्नु स्वभाविक हो,’ उनले भने।
उनले खुला सीमाका कारण नेपाली बजारमा प्रभाव परिरहेको बताए। उनले खुला सिमामा निगरानी, अनुगमन र प्रणालीमा सुधार गर्नुपर्ने बताए।