Kathmandu Press

सबै भाषाभाषीहरूलाई सम्मान गरे प्रत्येक भाषाको संरक्षण हुन्छ : राष्ट्रपति

‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ,’ उनले भने। 
सबै भाषाभाषीहरूलाई सम्मान गरे प्रत्येक भाषाको संरक्षण हुन्छ : राष्ट्रपति

काठमाडौं, भदौ ७ : राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गरेका छन्। 
 
जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन्। 

‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ,’ उनले भने। 

Hardik ivf

आज संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ्दै गएको पाइन्छ भन्दै उनले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्वलाई दर्शाउने बताए। उनले यो अमृत भाषा हो भन्दै यसभित्र अमर सन्देशहरू रहेकाले जसबाट अहिलेपनि हामीहरु आल्हादिन भईरहेको बताए।

‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ’, राष्ट्रपति पौडेलले भने। शुक्लयजुर्वेदलगायतका कैयौं ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौं ऋषिहरूको तपोभूमि पनि नेपाल भएको बताए। 

२००४ सालमा बोल्न, लेख्न र संगठन गर्न नपाउने जनविरोधी एकतन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौंमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको बताए। 

जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा कार्य गर्नु खुशीको विषय भएको उनको भनाइ थियो। 

सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरे। साथै राष्ट्रपति पौडेलले प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरे।

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्