Kathmandu Press

मर्स्याङ्दी बस दुर्घटना : ३९ जनाको उद्धार, १२ जनालाई काठमाडौं ल्याइयो

बसमा चालकसहित ४३ जना रहेको र ती मध्ये ३९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ४ जना भने अझै वेपत्ता छन्। 
मर्स्याङ्दी बस दुर्घटना : ३९ जनाको उद्धार, १२ जनालाई काठमाडौं ल्याइयो

तनहुँ, भदौ ७ : तनहुँको आबुखैरेनीमा बस मर्स्याङ्दीमा खस्दा भएको दुर्घटनामा ३९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। 

पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी–२ ऐनापहराबाट मर्स्याङ्दीमा खसेको थियो। 

बसमा चालकसहित ४३ जना रहेको र ती मध्ये ३९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ४ जना भने अझै वेपत्ता छन्। 

दुर्घटना स्थलबाट उद्धार गरिएका मध्ये १४ जनाको मृत्यु भएको छ। दुर्घटनाम गम्भीर घाइते भएका १२ सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। 
 
प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्