Kathmandu Press

मुस्ताङको कोबाङमा हिमपहिरो, बोक्से खोला थुनियो

शुक्रबार हिमपहिरो आउदाँ बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
मुस्ताङको कोबाङमा हिमपहिरो, बोक्से खोला थुनियो

मुस्ताङ, भदौ ७ : मुस्ताङको थसाङ गाउँपालिका २ कोबाङमा हिमपहिरो खसेको छ।

शुक्रबार हिमपहिरो आउदाँ बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

Hardik ivf

बोक्से खोला थुनिएको जानकारी पाएपछि टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो, पूरै हिमपहिरो तल खसेको नभएपनी नदीचाहिँ थुनिएकै अवस्थामा रहेका प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको र खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले बताए। 

प्रकाशित मिति: १५:५१ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्