मुग्लिन–नारायणगढ सडकमा भीरबाट खसेको ढुंगा लागेर बस दुर्घटना, ११ जना घाइते
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमा शुक्रबार माथिबाटढुंगा खसेको लागेको थियो।
काठमाडौं, भदौ ७ : चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थिीत सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रुबाहक बस दुर्घटना भएको छ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमा शुक्रबार माथिबाटढुंगा खसेको लागेको थियो।
ढुंगा खसेपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख निरला भण्डारीले जानकारी दिइन्।
दुर्घटनामा ११ जना यात्रु घाइते भएको भण्डारीले जानकारी बताईन। घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ।
प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












