कांग्रेस–एमाले सरकारप्रति भारतको प्रतिक्रिया सकारात्मक : मन्त्री डा. राणा
कांग्रेस केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री राणाले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको पनि बताइन्।-1722422302.jpg)
काठमाडौं, भदौ ७ : परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रो रहेको ‘ब्रिफिङ’ गरेकी छन्।
परराष्ट्रमन्त्री राणा भारत भ्रमण पुरा गरेर बिहीबार साँझ स्वदेश फर्किएकी थिइन्। कांग्रेस केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री राणाले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको पनि बताइन्।
उनले आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भनाई पनि राखिन्। डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर प्राप्त भएको समेत राणाले सुनाइन्।
यस्तै, नेपालको विकासको गति अगाडि बढ्ने भारतीय पक्षको विश्वास पाएको पनि बताइन्।
प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












