Kathmandu Press

‘मेडिकल विद्यार्थीहरूलाई स्वदेशमै इन्टर्नको व्यवस्था हुन्छ’

उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताए। 
‘मेडिकल विद्यार्थीहरूलाई स्वदेशमै इन्टर्नको व्यवस्था हुन्छ’

काठमाडौं, भदौ ७ : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताए। 

Hardik ivf

विद्यार्थीहरुसितको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी  यसबारे के भइरहेको छ भनेर जानकारी लिएका थिए। 

जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रीपरिषदबाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी दिए।  

अध्यक्ष दाहालले आफूले एकपटक सरकारसित छलफल गर्ने र बिशेष परिस्थितिका कारण एकपटकलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउनुपर्ने बताए। 
सो क्रममा विद्यार्थीहरुले त्यहाँको असहज अवस्थाका कारण इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा देशभित्र इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए।

यस्तो समस्यामा धेरै विद्यार्थी रहेको जानकारी गराउदै उनीहरुले आफूहरु रहरमा नभई नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्ने बताए। 
 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्