गोर्खा मिडियाका सञ्चालक जोशीले दिए समितिमा बयान
जोशीसँग पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा आएको रकमका बिषयमा बयान लिइएको छ।
काठमाडौं, भदौ ७ : सहकारी संस्थाको रकम अपचलन प्रकरणमा संसदीय छानबिन विशेष समिमिा गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल बन्जाडे जोशीले बयान दिएका छन्।
समितिले शुक्रबार सिंहदरबार स्थित समितिको कार्यकक्षमा जोशीसँग बयान लिइएको हो।
जोशीसँग पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा आएको रकमका बिषयमा बयान लिइएको छ।
जोशीको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने तयारी छ।
लामिछाने गोरखा मिडिया नेटवर्क प्रा.लिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा बयान लिन लागेका हुन।
प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार