भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चितवनका तीन जनाको मृत्यु
चितवनकाे माडी नगरपालिका-२ सितलपुरका तुलबहादुर दमै, माडी-१, भङ्गताका कृष्णबहादुर परियार र माडी-५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु हाे।
चितवन, भदौ ७ : भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चितवनमाडीका तीन जनाको मृत्यु भएको छ।
बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु भएको हो।
उत्तराखण्डस्थित रूद्रप्रयाग सडक निर्माणमा खटिएका मजदुर माडी-२ सितलपुरका तुलबहादुर दमै, माडी-१, भङ्गताका कृष्णबहादुर परियार र माडी-५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए।
गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर उनीहरूके शव नेपाल ल्याइने प्रमुख जिल्ला अधिकारी यादवले बताए।
उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए।
प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












