Kathmandu Press

सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक शुरु 

गत साउन २८ गते स्थगित काँग्रेस केन्द्रीय समितिको  बैठक शुक्रबारबाट शुरु भएको हो। 
सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक शुरु 

काठमाडौं, भदौ ७ :नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ। 

पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको कांग्रेस बैठकमा११ वटा एजेन्डामा पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने जनाईएको छ।

बैठकले कांग्रेस महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पारित गर्ने तयारी छ।

गत साउन २८ गते स्थगित काँग्रेस केन्द्रीय समितिको  बैठक शुक्रबारबाट शुरु भएको हो। 

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेका थिए।

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्