Kathmandu Press

महिलामाथीको दुव्र्यवहार समाजका लागि दुर्भाग्य : मन्त्री साह

महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक विभेद र घरेलु हिंसाको शिकार हुनु परेको बताएका हुन्। 
महिलामाथीको दुव्र्यवहार समाजका लागि दुर्भाग्य : मन्त्री साह

काठमाडौं, भदौ ७ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलामाथी हुने  दुव्र्यवहार समाजका लागि दुर्भाग्य भएको बताएका छन्। 

शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक विभेद र घरेलु हिंसाको शिकार हुनु परेको बताएका हुन्। 

Hardik ivf

मन्त्री साहले भने,–‘नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वतन्त्रताको हक दिएको छ, महिलाको हक र अधिकारको रक्षा, सम्बद्र्धन र प्रवद्र्धन गर्न राष्ट्रिय प्रयासहरु भइरहेका छन्, हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुव्र्यवहारका घटना भैइरहेका छन्, यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो।’

उनले  राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरुमा विविधता देखिएको जिकिर गर्दाै लैङ्गिक भेदभाव हटाउन सबै एकजुट हुन जरुरी रहेको उनले बताए । 

यस्तै मन्त्री सुडीले कानूनमा भएका व्यवस्था अनुसार महिला बालबालिका, ज्येष्ठ नागरिक र  अपाङ्गता भएका व्यक्तिहरुको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्