पाेखराबाट काठमाडाैं आउँदै गरेको भारतीय बस आँबुखैरेनीमा मर्स्याङ्दीमा खस्यो
शुक्रबार आबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित सडकबाट बस मस्र्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
तनहुँ, भदौ ७ : तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अन्तरगत आँबुखैरेनी नजिकै ऐना पहराबाट मस्र्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ।
शुक्रबार आबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित सडकबाट बस मस्र्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
एसपी शाहीले अनुसार घटनास्थलमा प्रहरी टोली पुगी डोरी लगाएर उद्धार गर्न थालिएको बताए।
पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको हो।
बसमा अन्दाजी ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार