Kathmandu Press

रेसुङ्गा विमानस्थलबाट २ महिनापछि हवाई सेवा सुरु

खराब मौसमका कारण झण्डै गत असार १४ गते देखी बन्द गरिएको उडान सेवा शुक्रबार बिहान काठमाडौंबाट देखी रेसुङ्गाको उडान गरी हवाई सेवा सुरु गरिएकाे हाे।
रेसुङ्गा विमानस्थलबाट २ महिनापछि हवाई सेवा सुरु

गुल्मी, भदौ ७ : गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान पुनः सुरु भएको छ। 

खराब मौसमका कारण झण्डै गत असार १४ गते देखी उडान बन्द गरिएको थियो।

मौसममा तुलनात्मक सुधार आएसँगै शुक्रबार बिहान काठमाडौंबाट देखी रेसुङ्गाको उडान गरी सेवा सुरु गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए। 

हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने प्रमुख थापाले बताए।

नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले रेसुङ्गामा उडान गर्दै आएको छ। 
हाल गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा तोकिएको छ।

रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा अवस्थीत रेसुङ्गा विमानस्थलबाट गत वर्षदेखि व्यावसायिक उडान गरिएको थियो।

प्रकाशित मिति: ११:२९ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्