Kathmandu Press

हरिदेवीका मौलिक तीज गीत बजारमा (भिडियो) 

बिहान उठी स्वामी राजै र  ‘घर धानेर बस राजै’ बोलका दुई गीत सार्वजनिक भएको छ । हरिदेवी कोइराला युट्युब च्यानलमा सार्वजनिक भएका गीतमा  शब्द लय र आवाज कोइरालाको नै रहेको छ । 
हरिदेवीका मौलिक तीज गीत बजारमा (भिडियो) 

काठमाडौं, भदौ ७ : वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले मौलिक तीज गीत सार्बजनिक गरेकी छिन् । 

बिहान उठी स्वामी राजै र  ‘घर धानेर बस राजै’ बोलका दुई गीत सार्वजनिक भएको छ । हरिदेवी कोइराला युट्युब च्यानलमा सार्वजनिक भएका गीतमा  शब्द लय र आवाज कोइरालाको नै रहेको छ । 

गीत मार्फत तीजमा माइत जाँदा घरमा रहेका श्रीमानले गर्नुपर्ने कामको बारेमा मात्र नभएर गर्न नहुने कामको बारेमा बताएकी छिन् भने अर्को गीतमा श्रीमानले घरको काममा गर्ने वेवास्तालाई गीतमा उतारेकी छिन् । 

तीजमा गीतमा मौलिकता हराउँदै विकृती मौलाउँदै गएको क्रममा कोइरालाले भने सधैका तीजमा मौलिकता पस्कने गरेकी छिन् । समाजको यथार्थता र मौलिकता हरिदेवीका गीतका विशेषता हुन् ।

प्रकाशित मिति: ०८:०८ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्