Kathmandu Press

शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ : डा.यादव

डा. यादवले संविधानमा गणतन्त्र, लोकतन्त्र, समावेशी र संघीयताको व्यवस्था रहेकाले त्यो कार्यान्वयन गर्नुपर्ने जोड दिए। उनले ८० प्रतिशत खाद्यन्न बाहिरबाट ल्याउने अनि समाजवाद खोज्ने परिपाटी गलत भएको बताए। 
शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ : डा.यादव
फाइल तस्बिर।

काठमाडौं, भदौ ६ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताएका छन्।

स्व.प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको कार्यक्रममा उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिने गरेको उल्लेख गरे।  

Hardik ivf

शिक्षा विधेयक अहिले संसद्मा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न उनले आग्रह गरे। 

‘अहिले शिक्षा विधेयक हाउसमा छ, कम्तिमा सामुदायिक विद्यालयहरुमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन्। ५२ प्रतिशत विद्यार्थी इसईईमा फेल भए भइरहेका छन्, मुख्य–मुख्य शिक्षकहरु नै छैनन्,’ उनले भने, ‘राहत वा सामुदायिकस्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ। यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ, संविधानको दोष छैन।’

डा. यादवले संविधानमा गणतन्त्र, लोकतन्त्र, समावेशी र संघीयताको व्यवस्था रहेकाले त्यो कार्यान्वयन गर्नुपर्ने जोड दिए। उनले ८० प्रतिशत खाद्यन्न बाहिरबाट ल्याउने अनि समाजवाद खोज्ने परिपाटी गलत भएको बताए। 

डा. यादवले कांग्रेस पार्टीलाई सत्तामा नगइ नहुने भन्ने सोच नै गलत भएको उल्लेख गर्दै काङ्ग्रेसको इतिहासको स्मरण गरे। उनले अन्तर्राष्ट्रिय स्तरमा कांग्रेसको राम्रो पहिचान रहेको भएपनि काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।

नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलाको सभापतित्वमा भएको कार्यक्रममा सांसद चन्द्र भण्डारी, प्राध्यापक कृष्ण खनाललगायतले धारणा राखेका थिए। 

प्रकाशित मिति: २०:४८ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्