Kathmandu Press

‘नेतृत्व सही नभए व्यवस्था परिवर्तनले मात्र केही हुँदैन’

‘व्यवस्था परिवर्तन गरेर समाज परिवर्तन हुँदैन। जबसम्म नेतृत्वको इच्छा शक्ति हुँदैन, तबसम्म परिवर्तन संभव छैन। महिला, दलित, थारु अगाडि आएपनि कसैको पछि लागेर मात्र आउन सके, गल्ती यही भयो,’ उनले भने, ‘नेतृत्व विवेकशिल हुन सकेन, दुरदर्शी भएन। नेतृत्व आफ्नो परिवार र सम्पत्तिभन्दा बाहिर जान सकेन।’
‘नेतृत्व सही नभए व्यवस्था परिवर्तनले मात्र केही हुँदैन’

काठमाडौं, भदौ ६ : नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले नेतृत्व सही ढंगको नआएसम्म व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन नहुने बताएका छन्। 

बिहीबार नेपाली कांग्रेसको पेशागत एवम बुद्धिजिबी विभागले स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले जनताले लडेर व्यवस्था परिवर्तन गरेको तर नेतृत्व विवेकशिल हुन नसक्दा समाज परिवर्तन नभएको बताए। 

Hardik ivf

‘व्यवस्था परिवर्तन गरेर समाज परिवर्तन हुँदैन। जबसम्म नेतृत्वको इच्छा शक्ति हुँदैन, तबसम्म परिवर्तन संभव छैन। महिला, दलित, थारु अगाडि आएपनि कसैको पछि लागेर मात्र आउन सके, गल्ती यही भयो,’ उनले भने, ‘नेतृत्व विवेकशिल हुन सकेन, दुरदर्शी भएन। नेतृत्व आफ्नो परिवार र सम्पत्तिभन्दा बाहिर जान सकेन।’

उनले समाजवादको कुरा गरेर मात्र केही नहुने भन्दै जनताले महशुस हुने हिसाबले समाजवाद ल्याउनुपर्ने बताए। 

‘समाजवादको कुरा गरेर मात्र हुन्छ र? जनतालाई केही दिनु नि पर्यो नि। आफू मात्र बन्ने समाजवाद, आफू मात्र हिड्ने समाजवाद, आफ्नो लागि मात्र समाजवाद खोजेर हुन्छ ? त्यो समाजवाद होइन, ठगवाद हुन्छ। अब वास्तविक समाजवादतिर हामी लाग्नुपर्छ,’ नेता भण्डारीले भने।
 
नेपाल जस्तो धनी र राम्रो देश विश्वमा कतै नभएपनि नेपालका युवाहरु देशमा बस्न नचहाने भन्दै यो सबै गलत नेतृत्व, स्वार्थी व्यक्तिको छनोटको कारणले भएको उनको भनाई छ। 

प्रकाशित मिति: २०:३५ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्