टिकटकको प्रतिबन्ध हट्यो
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि अघिल्लाे सरकारले लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
काठमाडौं, भदौ ६ : सामाजिक सञ्जाल टिकटकमाथिकाे प्रतिबन्ध हटेकाे छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि अघिल्लाे सरकारले लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमा प्रतिबन्ध लगाउने गरी २०८० साल २७ कात्तिक निर्णय गरेको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद बैठकमा बन्द भएको सामाजिक सञ्जाल एप टिकटकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए।
प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार