Kathmandu Press

यू–२० साफ : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, बंगलादेशलाई २–१ले हरायो

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नोपलले बंगलादेशलाई २–१ले हरायो।
यू–२० साफ : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, बंगलादेशलाई २–१ले हरायो

काठमाडौं, भदौ ६ : नेपाल घरेलु मैदानमा जारी यू–२० साफ च्याम्पियनसिपको अन्तिम खेलमा विजयी भएको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नोपलले बंगलादेशलाई २–१ले हरायो।

यो जितसँगै नेपाल समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ। नेपालले समूहका दुवै खेलका जित निकल्यो पहिलो खेलमा नेपालले श्रीलंकालाई १–०ले हराएको थियो।

यता, नेपालसँग हारेपनि बंगलादेश उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ। उसले पनि पहिलो खेलमा श्रीलंकालाई नै २–०ले हराएको थियो। 

नेपालाई जित दिलाउन समिर तामाङ र निराजन धामीले गोल गरे भने बंगलादेशका इस्लामले गोल गरे।

नेपालले पहिलो हाफमै २ गोल गरेको थियो। १७औं मिनेटमा समिरको गोल मा नेपालले सुरुआती अग्रता लियो। बंगलादेशका गोलपिकरको गल्तीमा गोल गरेका थिए। 

पहिलो गोल गरेको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर बनायो। अविनाश स्याङतानको पासमा निराजनले गोल गरेका थिए। 

तर, ४३औं मिनेटमा गोल फर्काउँदै बंगलादेशले खेमा फर्कने प्रयास गरेको थियो। उसका इस्लामले प्राप्त पेनाल्टीमा गोल गरेका थिए। तर, दोस्रो हाफमा थप गोल नहुँदा नेपाल २–१ले विजयी भयो।

अब नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता र बंगलादेशले विजेतासँग खेल्नेछ। समूह बीबाट सेमिफाइनल पुग्ने दुवै टिमको टुंगो अन्तिम खेलबाट लाग्नेछ।
 

प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, भदौ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्