Kathmandu Press

‘सिधाकुरा डटकम’ को अवहेलना मुद्दामा फैसला भदौ २० लाई सर्‍याे

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासमा फैसलाका लागि पेशी तय भएको थियो। 
‘सिधाकुरा डटकम’ को अवहेलना मुद्दामा फैसला भदौ २० लाई सर्‍याे

काठमाडौं, भदौ ६ : सर्वोच्च अदालतको बृहद इजलासमा ‘सिधाकुरा डटकम’ विरूद्ध दर्ता भएको अदालतको अवहेलनासम्वन्धी मुद्दामा फैसला सुनाउने मिति सरेको छ। 

बिहीबार हुने भनिएको फैसला नभ्याइएका कारण भदौ २० गतेलाई सरेको हो।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासमा फैसलाका लागि पेशी तय भएको थियो। 

सर्वोच्चमा विचाराधीन चार सय बढी स्टिङ अपरेसनसम्बन्धी भ्रष्टाचारका मुद्दा ‘डिसमिस’ गराउन सर्वोच्च अदालतका न्यायाधीश, कानुनव्यवसायी, मिडिया मालिक सहभागी बैठकमा सेटिङ भएको लगायतका श्रृङखलाबद्ध समाचार प्रकाशित भएपछि ‘फेक अडियो’ रहेको दाबीसहित सर्वोच्च अदालतले आफै टिप्पणी उठाएर मुद्दा दायर गरेको थियो। 

अवहेलना मुद्दामा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनालाई प्रतिवादी बनाइएको छ। 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्