Kathmandu Press

संविधान संशोधनमा आँट गर्छ कि गर्दैन भनेर हेर्ने बिषय होइन : ओली  

‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन, आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन,’ ओलीले भने।
संविधान संशोधनमा आँट गर्छ कि गर्दैन भनेर हेर्ने बिषय होइन : ओली  

काठमाडौं, भदौ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको बिषय साझा सवाल रहेकाले आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन्।

प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। उनले अहिलेसम्मको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए।

‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन, आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन,’ ओलीले भने।

संविधान संशोधन साझा सवाल भएको बताउँदै ओलीले कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने बिषय नरहेको बताए। 

‘आँट गर्न परे सबैले गरौंला, आँट गर्न नपरे सबैले नगरौंला,’ उनले भने।

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्