Kathmandu Press

समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

‘नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रुपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ। राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो,’ सिटौलाले भने, ‘यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ।’ 
समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

काठमाडौं, भदौ ६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन्। 

राष्ट्रियसभाको बिहीबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए।

Hardik ivf

‘नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रुपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ। राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो,’ सिटौलाले भने, ‘यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ।’ 

राजनीतिक दलहरुले गरेको संकल्प पूरा गर्ने प्रतिबद्धता आवश्यकता भएको उल्लेख गर्दै उनले राजनीतिक परितर्वनमा सरिक हुने सबै राजनीतिक दल मिलेर जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको चाहना पूरा गर्नुपर्ने बताए।

‘फेरि एकपटक मुलुकले राजनीतिक दलहरुका बीचमा वृहत समझदारी र एकता खोजेको छ, मैले राजनीतिक दलमा जुन विश्वास देखेको थिएँ, त्यो विश्वास टुटेको छ, सिंगो मुलुक अविश्वासको खाडलमा छ, विश्वासको संकमट छ,’ नेता सिटौलाले भने, ‘फेरि एकपटक सैद्धान्तिक र नीतिगत रुपले एक ठाउँमा आएर साझा दृष्टिकोणअनुसार अगाडि बढ्ने संकल्प गरौं।’
 
द्वन्द्व पीडितलाई न्याय दिन हरसम्भव प्रयास गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै नेता सिटौलाले सङ्क्रमणकालीन न्यायलाई निरुपण गर्न गठित आयोगको कामकारबाहीलाई प्रभावकारी बनाइनुपर्ने बताए। 

‘अब द्वन्द्वपीडितलाई न्याय पाइन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ, न्याय दिनसक्ने गरी आयोगलाई पूर्णता दिनुपर्छ,’ उनले भने।

१२ बुँदे सम्झौताबाट सुरु भएको राजनीतिक ‘कोर्स’का आधारमा तत्कालीन अवस्थामा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमार्फत नै नेपालको आगामी राजनीतिक परिदृश्य कोरिएको उनले स्मरण गरे। 

२००७ को क्रान्तिमा उठेको संविधानसभाद्वारा संविधान जारी गर्ने माग माओवादी आन्दोलनबाट पूरा भएको उल्लेख गर्दै उनले राजनीतिक दलले गरेको प्रतिबद्धताबाट दायाँबायाँ हुन नहुने बताए।

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्