Kathmandu Press

अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका छन् : प्रधानमन्त्री

‘सरकारलेजनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने छ,’ उनले भने, ‘राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौं। ठूला दल एमाले र कांग्रेस मिल्नुपर्ने कारण यही हो।’
अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेका छन् : प्रधानमन्त्री

काठमाडौं, भदौ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन्। 

प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसद डा.नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाएका हुन्।

Hardik ivf

घरजग्गा कारोवार क्रमशः वृद्धि हुँदै गएको र पूँजी बजारमा उल्लेखनीय सुधार आएको छ भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको ओलीले बताए। राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक संकेत देखिएको उनले बताए।

‘सरकारलेजनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने छ,’ उनले भने, ‘राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौं। ठूला दल एमाले र कांग्रेस मिल्नुपर्ने कारण यही हो।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी मात्र नभएइको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुंगोमा पुर्याउनु पर्ने बताए। 

भ्रष्टाचार नियन्त्रण होहल्लाको विषयमात्रै बन्न नहुने बताउँदै कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्छ भन्नेमा आफूहरु स्पष्ट रहेको बताए। 

प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकांक्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकुल परिमार्जन गर्न सकिने पनि स्पष्ट पारे।

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्