Kathmandu Press

संसदीय छानबिन समितिले रास्वपा सभापति लामिछानेलाई बोलायो 

छानविन समितिले लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो। 
संसदीय छानबिन समितिले रास्वपा सभापति लामिछानेलाई बोलायो 

काठमाडौं, भदौ ६ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ।

छानविन समितिले लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो। 

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाएको जनाइएको छ। 

गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि समितिले शुक्रबार बिहान ११ बजे सोधपुछमा बोलाएको छ।
 
प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्