Kathmandu Press

सरकारलाई गल्ती गर्ने छुट छैन : प्रधानमन्त्री 

प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै ओलीले नेपाल विकसित राष्ट्र बन्नेतर्फ उन्मुख हुँदै गएको दाबी समेत गरे।
सरकारलाई गल्ती गर्ने छुट छैन : प्रधानमन्त्री 

काठमाडौं, भदौ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै ओलीले नेपाल विकसित राष्ट्र बन्नेतर्फ उन्मुख हुँदै गएको दाबी समेत गरे।

‘हामीलाई कुनै गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन। हामी गरिबीको दुश्चक्रमा छौँ। २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्,’ उनले भने। 

प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्यमा अझै पनि समस्या रहेको बताउँदै सबै समस्या वर्तमान सरकारले नल्याएको पनि बताए। 
 
प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्