Kathmandu Press

तरुण दलका सदस्य मल्ल र विष्टमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

खुँडा आक्रमणमा वडा अध्यक्ष ज्ञानेन्द्र वलीको समूहको संलग्नता रहेको बताउँदै भण्डारीले कडा कारबाहीको माग गरे।
तरुण दलका सदस्य मल्ल र विष्टमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

काठमाडौं, भदौ ६ : प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शंकर भण्डारीले बाँके–विनौनाका तरुण दलका सदस्यहरु सुलभ मल्ल र सन्दीप विष्टलाई आक्रमणमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

सांसद भण्डारीले बैठकमा बोल्दै राजनीतिक आवरणमा लुकेका अपराधीहरुले खुँडा प्रहारबाट आततायी घटना घटाइएको बता । 

Hardik ivf

खुँडा आक्रमणमा वडा अध्यक्ष ज्ञानेन्द्र वलीको समूहको संलग्नता रहेको बताउँदै भण्डारीले कडा कारबाहीको माग गरे। भण्डारीले शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने र हरेक नागरिकको जीउ धनको सुरक्षा गर्ने जिम्मेवारी सरकारको भएको पनि बताए। 

यस्तै, आक्रमणमा गम्भीर घाइते भएका मल्ल र विष्टको उपचार खर्च सरकारले व्यहोर्नसमेत भण्डारीको माग थियो। 
 

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्