नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेका प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।-1724320156.png)
काठमाडौं, भदौ ६ : राष्ट्रिय सभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।
बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेका प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए।
प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












