Kathmandu Press

‘भ्रष्टाचारमा नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट’

उनले भने, ‘म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुनेछैन, नो इफ, नो बट हाम्रो कुरा क्लियर कट।’
‘भ्रष्टाचारमा नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट’
फाइल तस्बिर।

काठमाडौं, भदौ ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुँने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद आफूलगायत आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन्। यो विषयमा युवाहरूको पनि चासो रहेको बताउँदै उनले आफूलाई २ हजार भन्दाबढी कल आएको बताए।

Hardik ivf

‘हिजो साँझदेखि मेरो टेलिफोन कलमा लगभग २ हजार भन्दा बढी कलहरु आएका छन्, धेरैजसो युवाहरुले फोन गरेका छन्, उनीहरुको भनाई थियो की भ्रष्टाचारको मुद्दामा यो पाँच वर्षे हदम्याद लगाउन जुन खोजिएको छ,’ उनले भने, ‘म आफ्नो तर्फबाट र आफ्नो दलको तर्फबाट सिंगो सदनलाई र देशलाई जानकारी गराउँछु की भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुनेछैन, नो इफ, नो बट हाम्रो कुरा क्लियर कट।’

उनले दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न  खोजेको भन्दै प्रकाउ गरेको विषय सह्य नहुने बताए। उनले दलितहरुले आफ्नो हक माग्ने अधिकारलाई राज्यले दमन गर्न नहुँने स्पष्ट पारे। 
 

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्