Kathmandu Press

सुनको मूल्य तोलामा ११ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ। बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो।
सुनको मूल्य तोलामा ११ सयले घट्यो

काठमाडौं, भदौ ६ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार एक सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ। बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँचले कम भई आज एक हजार आठ सय ३० मा कारोबार भएको छ। 

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्