मन्त्रिपरिषद् बैठक बस्दै, टिकटक प्रतिबन्ध हटाउने प्रस्ताव पेश हुने
मन्त्रिपरिषद् बैठकमा बन्द भएको सामाजिक सञ्जाल एप टिकटकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुने भएको छ।
काठमाडौं, भदौ ६ : बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ।
मन्त्रिपरिषद बैठक नियमित भएको जनाइएको छ। मन्त्रिपरिषद् बैठकमा बन्द भएको सामाजिक सञ्जाल एप टिकटकमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव पेस हुने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्दैछन्। माओवादी नेतृत्वको सरकारले एक बर्षअघि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
प्रकाशित मिति: १३:१० बजे, बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












