परराष्ट्रमन्त्री डा.राणा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै
भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी थिइन्।
काठमाडौं, भदौ ६ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किने भएकी छिन्।
मन्त्री राणा आइतबार चार दिने भ्रमणका लागि भारतको नयाँ दिल्लि प्रस्थान गरेकी थिइन्।
भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी थिइन्।
परराष्ट्र मन्त्री राणाको सचिवालयले विहीबार आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाएको छ। मन्त्री राणाले विमानास्थलमा अवतरण गरेलगत्तै भारत भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ।
प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार