Kathmandu Press

‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’

उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए। 
‘आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो’

धनुषा, भदौ ६ : गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन्। 

बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिए।

Hardik ivf

उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताए। 

‘नेपाल प्रहरीको ऐन  ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ। नयाँ कानुन निर्माण तथा संगठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ,’ उनले भने, नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ।’

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्