Kathmandu Press

बलम्बुको शंकास्पद वस्तु निष्क्रिय

त्यसपछि बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यहाँ रित्तो कुकर मात्र भेटिएको थियो।
बलम्बुको शंकास्पद वस्तु निष्क्रिय

काठमाडौं, भदौ ६ : नेपाली सेनाले काठमाडौंको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ। 

घरमा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले नेपाली सेनालाई खबर गरेका थिए। 

त्यसपछि बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यहाँ रित्तो कुकर मात्र भेटिएको थियो।

उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ। ती व्यक्तिको भने पहिचान हुन बाँकी छ।

प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्