Kathmandu Press

कैलालीमा बाढीका कारण जनजीवन प्रभावित

बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो। पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए। 
कैलालीमा बाढीका कारण जनजीवन प्रभावित

कैलाली, भदौ ६ : भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ। आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित  भएका छन्। 

बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो। पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए। 

Hardik ivf

नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ। उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ। वर्षा नरोकिएकाले उनीहरूको व्यवस्थापनमा समस्या भएको छ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताए। केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उनले बताए। भजनी नगरपालिका वडा नं ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ। 

बाढीबाट वडा नं. ५ को लालभोझी क्षेत्रमा पनि सयौं परिवार विस्थापित भएको दिपेश बुढाले जानकारी दिए। जोशीपुरको वडा नं. ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ। 

नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख केवल चौधरीले बताए।

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, भदौ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्