Kathmandu Press

घाँसीकुवामा भीषण पहिरो, पृथ्वी राजमाग अवरुद्ध 

व्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा साँझ माथिबाट रुखसहित भिषण पहिरो खसेको हो। पहिरोले राजमार्गको भाग पुरेका कारण दुईतर्फी यातायात रोकिएका हुन्। 
घाँसीकुवामा भीषण पहिरो, पृथ्वी राजमाग अवरुद्ध 

तनहुँ, भदौ ५ : तनहुँको घाँसीकुवामा केही समयअघि भीषण पहिरो गएका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध हुन पुगेको छ। 

व्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा साँझ माथिबाट रुखसहित भिषण पहिरो खसेको हो। पहिरोले राजमार्गको भाग पुरेका कारण दुईतर्फी यातायात रोकिएका हुन्। 

पहिरोका कारण त्यहाँ रहेका होटलहरुमा समेत क्षति पुगेको जनाइएको छ। अहिले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेसहित नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ। 

पहिरोमा मानवीय क्षति भएन–भएको बिषयमा कुनै जानकारी आएको छैन। 

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्