Kathmandu Press

‘फेक अडियो’ प्रकरणमा राजकुमार तिमल्सिना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई बुधबार साँझ  काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो। 
‘फेक अडियो’ प्रकरणमा राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं, भदौ ५ : सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, मिडिया संचालक र पत्रकार समेतलाई मुछेर ‘फेक अडियो’ बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई बुधबार साँझ  काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो। 

उनले तयार गरेको ‘स्टिङ अपरेसन’ नामको फेक अडियो सीधा कुरा अनलाइनमार्फत् सार्वजनिक भएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। 

२०८१ असार १३ गते तिमल्सिनासहित तीन जनलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो। उक्त प्रकरणमा तिमल्सिनासहित सिधाकुरा सम्बद्ध दुईजना पत्रकारविरुद्ध सर्वाेच्च अदालतमा अदालतको अबहेलना मुद्दा समेत दर्ता भएको छ। 
 

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्