Kathmandu Press

क्वारेन्टाइन नाट्य उत्सवमा आज तीन नाटक देखाइँदै

काठमाडौं, चैत २८ : क्वारेन्टाइन अभियान नाट्य उत्सवअन्तर्गत शुक्रबार तीन वटा नाटक देखाइन लागेको छ।

आज दिउँसो १ बजे चिनियाँ साहित्यकार लु सुनक....

क्वारेन्टाइन नाट्य उत्सवमा आज तीन नाटक देखाइँदै

काठमाडौं, चैत २८ : क्वारेन्टाइन अभियान नाट्य उत्सवअन्तर्गत शुक्रबार तीन वटा नाटक देखाइन लागेको छ।

आज दिउँसो १ बजे चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’ देखाइँदै छ। यसलाई चे शंकर रिजाल निर्देशन गरेका हुन्। यस नाटकमा सुदाम सिकेको एकल अभिनय देख्न सकिन्छ।

त्यस्तै, डेनमार्कका ज्याक म्याथिसन सिर्जना तथा निर्देशन रहेको पपेट प्ले ‘टु बी’ पनि प्रसारण हुँदै छ। कुञ्ज थिएटरमा मञ्चन भएको यो नाटकलाई अहिले भिडियो नाटकमा देखाउन लागिएको  हो।

यसैगरि बेलुकी ५ बजे प्रसारण हुने नाटक ‘भोको घर’ लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन्। यो गोविन्दबहादुर मल्ल (गाठाले)को ‘भोको घर’मा आधारित नाटक हो।
यसमा कलाकार अकाश मगर, सुदाम सिके, सञ्तिा पराजुली शन्ति गिरी र अभय बरालको अभिनय रहेको छ।

थिएटर मलको फेसबुक पेजमार्फत लकडाउनमा बसेका सबैलाई रङ्गमञ्चमा जोड्ने प्रयासमा भर्चुल नाटक सुरु गरिएको हो। यस उत्सवमा शनिबारसम्म भिडियो नाटक प्रसारण गरिँदै छ। आइतबार भने अन्तक्रियात्मक कार्यक्रम रहने आयोजकले जनाएको छ।

नाटक हेर्न याे लिंकमा क्लिक गर्नुस : https://www.facebook.com/TheatreMall/

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्