Kathmandu Press

सरकारले सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारी

मुख्यसचिव लीलादेवी गड्तौलाले सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएको र ती योजनालाई छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएकी हुन्।
सरकारले सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारी

काठमाडौं, भदौ ५ : सरकारले सय दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारीमा जुटेको छ। 

बुधबार काठमाडौंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यसचिव लीलादेवी गड्तौलाले सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएको र ती योजनालाई छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएकी हुन्।

Hardik ivf

‘अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के–के हुन भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याइँदैछ,’ उनले भनिन्।

मुख्यसचिव गड्तौलाले गत वर्षको तुलनामा यस वर्ष बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुने र छुट्याइएको बजेट पनि खर्च हुने दाबी गरिन्। 

‘बजेटको बारेमा मलाई केही थाहा छैन। मुख्य सचिवले क्याबिनेटको मात्र हेर्ने हो बाँकि सम्बन्धित मन्त्रालय नै गर्ने हो। पदमा पुगे भन्दैमा जे पाए बोलेर हिड्न हुँदैन,’ उनले भनिन्, ‘यहाँ आफ्नो काम केही नभन्ने अर्काको काममा धेरै चासो राख्ने प्रवृत्ति देखियो। अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन्। बजेट पनि खर्च गर्छ।’
 

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्