Kathmandu Press

परराष्ट्रमन्त्री डा.राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट

भेटमा नेपाल–भारत सम्बन्धलाई बलियो बनाउने नयाँ अवसरहरूबारे छलफल भएको मन्त्री डा. राणाले जनाएकी छिन्।
परराष्ट्रमन्त्री डा.राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट

काठमाडौं, भदौ ५ : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटको छ

दुईबीच बुधबार नयाँ दिल्लीमा भेटवार्ता भएको परराष्ट्रमन्त्री डा. राणाले समाजिक सञ्जलमार्फत जानकारी दिएकी छिन्।

Hardik ivf

भेटमा नेपाल–भारत सम्बन्धलाई बलियो बनाउने नयाँ अवसरहरूबारे छलफल भएको मन्त्री डा. राणाले जनाएकी छिन्। भेटका क्रममा चौथाइवालेले गरेको परारष्ट्रमन्त्री बनेको डा. राणालाई बधाई दिएका थिए।

पाँच दिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरलगायतसँग भेट गरिसकेकी छिन्। परराष्ट्रमन्त्री डा.राणालाई भारतले उच्चस्तरको आथित्यता दिएको छ। 

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्