Kathmandu Press

३० वर्षे सेवा अवधि रोक्न माग गर्दै २१ प्रहरी अधिकृत सर्वोच्चमा 

सरकारले सेवाबाट अनिवार्य अवकाश हुने गरी पत्र थमाएपछि प्रहरी अधिृकत सर्वोच्च पुगेका हुन्।
३० वर्षे सेवा अवधि रोक्न माग गर्दै २१ प्रहरी अधिकृत सर्वोच्चमा 

काठमाडौं, भदौ ५ : प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ जना प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। 

प्रहरी एसएसपी दिनेश मैनाली, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, बेलबहादुर पान्डे, रवीन्द्र रेग्मीलगायत २१ जनाले रिट दायर गरेका हुन्। उनीहरुले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश दिने व्यवस्था लागू नगर्न तत्कालका लागि अन्तरिम आदेशको माग गरेका छन्। 

Hardik ivf

सरकारले सेवाबाट अनिवार्य अवकाश हुने गरी पत्र थमाएपछि प्रहरी अधिृकत सर्वोच्च पुगेका हुन्। रिट दायर गर्नेमा एसएसपीसहित एसपी, डीएसपी र प्रहरी इन्सपेक्टर छन्।

३० वर्षे सेवा अधविका कारण ठूलो संख्यामा प्रहरी अधिकृत घर जाँदै छन्। 

सरकारको पत्र अनुसार २०५१ सालमा नेपाल प्रहरीको असईबाट सेवा प्रवेश गरेका डीआईजीदेखि प्रहरी निरीक्षकसम्मका ९० जना सिनियर प्रहरी अधिकृत भदौको अन्तिममा अवकाश जाँदै छन्। 
 

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्