Kathmandu Press

‘लगानी कम्पनी’ले स्टार्टअपमा लगानी गर्ने

मुलुकको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी पनि आवश्यक पर्ने बताउँदै अध्यक्ष ढकालले संस्थागत लगानीमार्फत् ठूलो पुँजी जुटाएर लगानी कम्पनी स्थापना गरिएको उल्लेख गरे। 
‘लगानी कम्पनी’ले स्टार्टअपमा लगानी गर्ने

काठमाडौं, भदौ ५ : नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ।

‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिए। यो कम्पनी स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्न सक्ने उनले स्पष्ट पारे।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक लगानीसँगै प्रत्यक्ष वैदेशिक लगानी पनि आवश्यक पर्ने बताउँदै अध्यक्ष ढकालले संस्थागत लगानीमार्फत् ठूलो पुँजी जुटाएर लगानी कम्पनी स्थापना गरिएको उल्लेख गरे। 

स्टार्टअप कार्यक्रमका लागि सरकारले करिब एक दशकअघि बजेट विनियोजन गर्न थालेको भन्दै पछिल्लो समय मात्रै कार्यान्वयनको पहल थालिएको उनको छ।  

चार महिनाअघि लगानी सम्मेलनमा क्रममा अध्यादेशमार्फत् परिमार्जन गरिएका आठवटा ऐनमध्ये औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको कानुनी परिभाषा समावेश गरिएको ढकालले उल्लेख गरे।

स्टार्टअप र नयाँ उद्यमीलाई सहज बनाउन, युवालाई सहयोग गर्न ‘इन्क्युबेशन’ र ‘इनोभेसन सेन्टर’ स्थापना गर्नुपर्ने बताउँदै उनले प्रारम्भिक चरणमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघसँगको सहकार्यमा इन्क्युबेशन सेन्टर स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिए।

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, भदौ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्