Kathmandu Press

‘सरकारको अनुमति प्राप्त संस्थाहरुले सदाचार नीति अनिवार्य लागू गर्नुपर्छ’

उनले ‘राष्ट्रिय सदाचार नीति’ नियम र कानुन नभई व्यक्तिको आचरण भएकाले व्यक्तिगत रुपका कुनै संस्थालाई पनि बोलाउन सकिने बताए। दाचार नीतिमार्फत  सरकारले मन्त्रीहरुले निर्वाह गर्नुपर्ने सदाचार जारी गर्न खोजेको उनले बताए।
‘सरकारको अनुमति प्राप्त संस्थाहरुले सदाचार नीति अनिवार्य लागू गर्नुपर्छ’

काठमाडौं, भदौ ५ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारको अनुमतिले सञ्चालन भएका सबै संस्थाहरुले सदाचार नीति लागू नगरेमा कारबाहीको व्यवस्था गर्नुपर्ने बताएका छन्। 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी छलफलमा गौतमले समितिमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको बताए। 

Hardik ivf

‘सबै संस्थाहरुले सदाचार नीति जारी गर्नुपर्छ भनेर हामीले सरकारलाई भन्ने र त्यो लागू गर्नको लागि नेपाल सरकारले संस्थागत रुपमा कानून र नियम बनाएर जारी गर्ने र संस्थाहरुले त्यो पालना गर्नुपर्छ,’ उनले भने, ‘सरकारको अनुमतिले सञ्चालन संस्थामा सदाचार नीति लागू गर्ने र यो नीति लागू नगरे त्यसमाथि कारबाही गरिनुपर्छ।’

उनले ‘राष्ट्रिय सदाचार नीति’ नियम र कानुन नभई व्यक्तिको आचरण भएकाले व्यक्तिगत रुपका कुनै संस्थालाई पनि बोलाउन सकिने बताए। दाचार नीतिमार्फत  सरकारले मन्त्रीहरुले निर्वाह गर्नुपर्ने सदाचार जारी गर्न खोजेको उनले बताए।

‘राष्ट्रिय सदाचार नीति नियम पनि होइन्, कानून पनि होइन, संविधान पनि बन्न सक्दैन,’ उनले भने, ‘त्यो सदाचार नीति नै हो त्यो भनेको व्यक्तिको आचरण हो र व्यक्तिगत रुपका कुनै संस्थालाई पनि बोलाउन सकिन्छ, त्यो संस्था व्यक्तिको रुपमा हुन्छ त्यसरी आचरण लागू गर्न सकिन्छ । त्यो भन्दा बढि गर्नै हुन्न,’ उनले भने।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्