रास्वपाले स्थानीय उपनिर्वाचनमा भाग लिने
बुधबार बिहान बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।
काठमाडौं, भदौ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ।
बुधबार बिहान बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।
निर्वाचन आयोगले मंसिरको तेस्रो साता स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। मिति भने तय भइकसेको छैन।
यस्तै, रास्वपा सभापति रवि लामिछानेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन्। उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको बताए।
‘राजनीतिक दल भाग नलिने भन्ने कुरै छैन। कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ,’ उनले भने, ‘थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं। बल्ल सुरुवात भएको छ।’
प्रकाशित मिति: १५:३६ बजे, बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












