Kathmandu Press

मुकुल ढकाललाई पुनः स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय 

रास्वपा केन्द्रीय समितिले यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई अनुमोदन गर्दै फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 
मुकुल ढकाललाई पुनः स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय 

काठमाडौं, भदौ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री डा.मुकुल ढकालसँग पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

रास्वपा केन्द्रीय समितिले यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई अनुमोदन गर्दै फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

ढकाललाई साधारण सदस्य नरहने गरी किन कारबाही नगर्ने ? भन्दै २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ । गत साउन ३० गते पनि ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पुनः केन्द्रीय समिति बैठकले थप स्पष्टीकरण सोध्ने भएको हो। 

रास्वपाले यसअघि नै ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाइसकेको छ। 

ढकालले यसअघि दिएको स्पष्टीकरणमा रास्वपा सभापति रवि लामिछानेलाई उल्टै आफ्नो नैतिक धरातल पुष्टी गर्न भन्दै चुनौती दिएर जवाफ पठाएका थिए। 

प्रकाशित मिति: १४:०० बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्