Kathmandu Press

‘पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिलाई गर्नु हुँदैन’

‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो गम्भीर विषय पनि हो,’ उनले भने, ‘संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडोभन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु।’
‘पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिलाई गर्नु हुँदैन’

काठमाडौं, भदौ ५ : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन्। 

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए।  

Hardik ivf

‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो गम्भीर विषय पनि हो,’ उनले भने, ‘संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडोभन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु।’

पहिचान भएका विषयमा धेरै छलफल भइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिलाई गर्न नहुने बताए। 

‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रुपमा माननीय सदस्यहरुको समेत संशोधन समेत आएर समितिमा पुगेको छ। छलफलका विषयहरु पहिचान भइसकेका छन्,’ उनले भने।

विधेयकका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको भएको बताउँदै उनले उजुरीकर्ताको पहिचान हुुनुपर्ने कि नपर्ने?, हदम्यादको सवाल बडो गम्भीरताका साथ उठेको बताए। 
 
प्रकाशित मिति: १३:३२ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्