Kathmandu Press

नार्कका वैज्ञानिक कर्मचारी आन्दोलित, कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

वैज्ञानिक कर्मचारीले नार्कका निमित्त कार्यकारी निर्देशक दोजराज खनालको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन्। 
नार्कका वैज्ञानिक कर्मचारी आन्दोलित, कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, भदौ ५ : नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का वैज्ञानिक कर्मचारीहरुले परिषद अन्तर्गतका सबै कार्यालयहरुमा बुधबारदेखि अत्यावस्यक कामबाहेकका सबै कामकाज बन्द गर्ने घोषणा गरेका छन्। 

वैज्ञानिक कर्मचारीले नार्कका निमित्त कार्यकारी निर्देशक दोजराज खनालको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन्। 

Hardik ivf

नार्कमा कार्यरत वैज्ञानिक कर्मचारीहरुलाई विभेदकारी तलबमान कायम गरिएको प्रश्न उठाउँदै आन्दोलन थालिएको हो। परिषद्का कार्यकारी निर्देशक, निर्देशक र कानुनी सल्लाहकारको राजीनामा समेत मागिएको छ। 

केन्द्रीय कार्यालयमा तालाबन्दीसँगै मातहतका कार्यालयमा पेन डाउन, कार्यालयका चार पांग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम गर्ने कर्मचारीले जनाएका छन्। 

पाटन उच्च अदालतले समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन नभएको आरोप समेत लगाइएको छ। 
 
प्रकाशित मिति: १३:२२ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्