सुनकाे मूल्यमा नयाँ रेकर्ड
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो।
काठमाडौं, भदौ ५ : नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। याेसँगै सुनकाे मूल्य हालसम्मकै उच्च कायम भएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो।
मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ८ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:३९ बजे, बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
