Kathmandu Press

बेइमानी गर्ने नियतले गैरसहकारी तत्वहरु घुसेका कारण सहकारीप्रति निष्ठा रहेन : प्रधानमन्त्री 

वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याहरुको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ। 
बेइमानी गर्ने नियतले गैरसहकारी तत्वहरु घुसेका कारण सहकारीप्रति निष्ठा रहेन : प्रधानमन्त्री 

काठमाडौं, भदौ ५ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरुमा समस्या उत्पन्न भएको बताएका छन्। 

बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्वहरु सहकारीमा घुसेका कारण सहकारीहरुप्रतिको निष्ठा नरहेको बताएका छन्।

Hardik ivf

वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याहरुको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ। 

‘सहकारी अचानक ठुला भए। सहकारीका मूल्य मान्यता अनुसार चलेनन्। सम्पुर्ण सहकारी बचतकर्ताको विश्वास कम गर्ने प्रवृति हावी भयो,’ उनले भने,  ‘हुन त हजारौं सहकारीमध्ये केहीमा समस्या भएको हो। गैरसहकारी तत्वहरु सहकारीमा घुसे । सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे । त्यसले सहकारी प्रतिको निष्ठा रहेन। सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरू प्रवेश गरे।’ 

अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीले बताए। 

हजारौंमध्ये केही मात्र सहकारीहरुमा समस्या देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभर सहकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने उनको भनाइ थियो। 

उनले उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरुको स्थापनासँगै सेवा क्षेत्रमा नविन सोचका साथ अगाडि बढ्न अनुकुल वातावरण बनेको बताए। 
 

प्रकाशित मिति: ११:५७ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्