Kathmandu Press

मुगुको चंखेलीमा जीप दुर्घटना, पाँच जना घाइते

चालकसहित सात जना सवार रहेको उक्त जीपमा पाँच जना गम्भीर घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए।
मुगुको चंखेलीमा जीप दुर्घटना, पाँच जना घाइते

मुगु, भदौ ५ : हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएको  छ । बुधबार बिहान ८ बजेको समयमा जीप दुर्घटना  हुँदा पाँच जना सख्त घाइते भएका छन्।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खादेखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

चालकसहित सात जना सवार रहेको उक्त जीपमा पाँच जना गम्भीर घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए।

गम्भीर घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही र मुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल छन्,

यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन्।

दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घट्नास्थलमा पुगेर उनिहरुको उद्धार गरिएको हो। 
 

प्रकाशित मिति: ११:५४ बजे, बुधबार, भदौ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्