२० वर्षमुनिको साफ च्याम्पियनशिपमा आज माल्दिभ्स र भुटान खेल्दै
खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । हिजो भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ ।काठमाडौं, भदौ ५ : २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ’बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् ।
खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । हिजो भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ ।
बङ्गलादेश पनि श्रीलङ्कालाई २–० गोलले हराएर सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।
भोलि नेपाल र बङ्गलादेशले खेल्नेछन् । यो खेलको विजेता टोलीले समूह विजेताका रुपमा सेमिफाइनल खेल्नेछ । प्रतियोगिताको समूह ’ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ’बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
प्रकाशित मिति: ०८:१९ बजे, बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१