Kathmandu Press

स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन : नेता डा कोइराला

नेता डा. कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताए।
स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुनुहुँदैन : नेता डा कोइराला

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुने बताएका छन्।

सुनकोशी ईन्द्रवाती सेवा समाज सिन्धुपाल्चोकले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुनेमा जोड दिए।

Hardik ivf

नेता डा. कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताए। 'मेडिकल शिक्षा अत्यन्त महङ्गो र हुनेखानेले मात्र पढ्ने खालको बनेको छ, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको वातावरण सहज बनाउनुपर्छ,' डा कोइरालाले भने।

उनले सरकारी अस्पतालमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएको बताए । 'त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन, अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु,' उनले प्रश्न गरे।

स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो।

प्रकाशित मिति: २२:२४ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्